आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

पशुपति क्षेत्रमा छठको रौनक (फोटोफिचर)

गोकर्णेश्वर खबर१४ कार्तिक २०७९, सोमबार ०९:२२ मा प्रकाशित (१ साल अघि) ९६ पाठक संख्या

१४ कार्तिक, काठमाडौं । आज छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

आज पशुपति क्षेत्रमा देखिएको छठको रौनक फोटोफिचरमा हेर्नुहोस् ।