आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

दक्षिण कोरियाको हलोइन दुर्घटनाबाट प्रधानमन्त्री देउवा दुःखी

गोकर्णेश्वर खबर१३ कार्तिक २०७९, आईतवार १२:१६ मा प्रकाशित (१ साल अघि) ६१ पाठक संख्या

१३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको एक हलोइन पार्टीमा भएको दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री देउवाले ट्विट गर्दै दक्षिण कोरिया र सिओलको इतेओन इलाकामा भएको हलोइन पार्टीमा मच्चिएको भागदौडपछि ज्यान गुमाउनेको परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

दक्षिण कोरियाको सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा एक हलोइन समारोहमा भागदौड हुँदा १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् ।

दक्षिण कोरियाको अग्नि सेवाका अनुसार उक्त घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरी रहेका छन् । २० वर्ष आसपासका व्यक्ति धेरैले उक्त घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारमा जनाइएको छ ।

साँघुरो क्षेत्रमा अत्यधिक भीड जम्मा भएका कारण घटना भएको समाचारमा जनाइएको छ । कोभिड प्रकोपपछि दक्षिण कोरियामा पहिलोपटक ठूलो भीडका साथ हलोइन मनाइएको पनि समाचारमा जनाइएको छ ।