आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

छठ महापर्वको रौनक सुरु

गोकर्णेश्वर खबर११ कार्तिक २०७९, शुक्रबार १४:०१ मा प्रकाशित (१ साल अघि) ६६ पाठक संख्या

११ कार्तिक, काठमाडौं । छठ महापर्वको रौनक सुरु भएको छ । विशेष गरी तराईमा मनाईने यो पर्व केही वर्ष यता देशका सबैजसो भागमा मनाउन लागिएको छ ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठपर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ ।

अहिले जनकपुरधामसहित तराई–मधेसमा छठको रौनक शुरु भएको छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ।

काठमाडौं उपत्यकाका विभिन्न पोखरी तलाउमा पनि छठपर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ । पर्सि आइतवार छठको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।