आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

बौद्ध भिक्षुणीलाई सामाजिक गतिविधिमा सरिक गराउन २ दिने गोष्ठी सम्पन्न

गोकर्णेश्वर खबर७ आश्विन २०७९, शुक्रबार २१:०३ मा प्रकाशित (१ साल अघि) २२१ पाठक संख्या

७ असोज, काठमाडौं । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आनी (भिक्षुणी) हरूलाई सामाजिक गतिविधिमा सरिक गराउने दुई दिने गोष्ठी सम्पन्न भएको छ ।

बिहीबारबाट स्वयम्भूस्थित होटेल च्वाइसमा भएको गोष्ठीमा करिब ६५ जनाभन्दा बढी सहभागिता रहेको थियो ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक होम दोङले बौद्ध दर्शनलाई विकास गर्न आनीहरुसँग रहेको ज्ञानलाई जनमानसमा र्पुयाउने उद्देश्यले गरिएको प्रशिक्षण प्रभावकारी भएको बताएका थिए ।

‘ज्ञान र साधनाले परिपूर्ण भएको आनीहरुको ज्ञानलाई अहिलेको सामाजिक परिवेशमा र्पुयाउनका लागि गुम्बा विकास समितिले पुलको काम गरेको छ‚ उनले भने ।’

समापन कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले गुम्बा विहारमा अध्ययनरत आनीहरुको ज्ञानलाई समाजमा ल्याउन गरिएको प्रशिक्षण प्रभावकारी भएको बताए ।

‘दुई दिनको प्रशिक्षणबाट व्यवहारिक ज्ञान पाएको महसुस गरेको छु’‚ उनले भने‚‘ज्ञान र साधनाले परिपूर्ण भएको आनीहरुको ज्ञानलाई अहिलेको सामाजिक परिवेशमा र्पुयाउनका लागि समितिले पुलको काम गरेको हो ।’

अध्यक्ष फुपू छेम्बेले गुम्बाहरूको प्रमुखहरूसँग छलफल गरेर गुम्बाहरू बिचमा अन्तरसम्बन्ध बढाउँदै पारस्परिक रूपमा अन्तरसंवाद गराउने प्रयासमा समिति लाग्ने उद्घोष गरे ।

यस्तै कार्यक्रममा समितिको योजना शाखाकी अधिकृत सन्जु योङ्याले विगतको तुलनामा अहिले भइरहेका विविध कार्यक्रमको प्रभावले गुम्बाहरु सक्रिय रहेको बताइन् ।

समापनमा प्रशिक्षार्थीहरूबाट दुई दिनमा सिकेका कुराहरू साटासाट गरेका थिए । सहभागीमध्येका आनी तेन्जिङ छेतेनले उत्प्रेरणा पाएकोले बेधडक आत्मविश्वास बढेको बताइन् ।

यसै गरी ५१ वर्षीया आनी साम्तेनडोल्माले परिवर्तन आधारशिलाबारे बुझ्न पाएको बताउँदै उमेर हदले ज्ञान शिक्षालाई नछेकिने बताइन् ।
यस्तै आचार्य पेमारिन्छेन पाल्मो लामाले महिलालाई सशक्तीकरण गराउने मात्रै नभई पारम्परिक शिक्षाबाट विकसित गर्दै आधुनिक शिक्षामा दीक्षित गर्नुपर्ने बताइन् । ‘सामाजिक उत्तरदायित्व आफ्नो क्षमता अनुसार प्रायः आनीहरु सक्रिय सहभागी हुँदै आएको छ‚ उनीले थपिन् ।’
कार्यक्रममा आनी दकिला स्याङतानले समितिको संयोजनमा गुम्बाहरूकै आन्तरिक स्रोतमा विषयगत अन्तर छलफल चलाउनुपर्ने सुझाइन् ।
कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

गोष्ठीमा विभिन्न गुम्बा विहारबाट आनीहरुको सहभागिता रहेका छन् । जसमा देछेन घले‚ लाक्पा याङजेन घले‚ दिकील्हामु लामा‚ साङ्गे ल्हामो तामाङ‚ काल्देन छोसो तामाङ‚ साङ्मु छोटेन लामा‚ सोनाम याङजोम‚ शेराब छोमु तामाङ‚ डोमा लामा‚ सविना माया तामाङ‚ फूर्वा साङ्मो गुरुङ‚ सविना तामाङ‚ छिरिङवाङ्मो लामा‚ नुनजिन साङमु लामा‚ उर्गेन छोटोल तामाङ सहभागी रहेका छन् ।

त्यस्तै खाण्डु शेर्पा‚ उर्गेन छोजोम लामा‚ फूर्वा डोल्मा गुरुङ‚ निमा ल्हामु लामा‚ पेमा लामा‚ छाङ डोल्मो लामा‚ तेन्जिन डोल्मा लामा‚ निरु तामाङ आशा शेर्पा‚ डोल्मा याङ्जुम लामा‚ सम्झना‚ ललिता‚ कर्मा डोल्मा गुरुङ, कर्मा छेटेन गुरुङ‚ कर्मा याङ्जेन गुरुङ‚ छिरिङ डोल्कर लामा‚ पेम्बादिकी शेर्पा‚ कामी ङिमा शेर्पा‚ सामु तामाङ‚ मिङ्मार याङ्जी शेर्पा‚ ज्ञानु महर्जन‚ मिङ्मा फुटी शेर्पाले सहभागी जनाएका छन् ।

यसैगरी पासाङ डोल्मा लामा‚ अम्बिका प्रजापति‚ लोब्साङ फूल्चुङ लामा‚ प्रमिला महर्जन‚ ईश्वरी गिरी‚ आचार्य पेमा रिन्छेन पाल्मो लामा‚ छुल्ठीम तामाङ‚ कर्मा पाल्मो गुरुङ‚ पेम्ब शेर्पा‚ यङ्जोन लामा‚ टासी याङ्कार‚ तेन्जिन वाङ्मो तामाङ‚ निमा डोल्मो तामाङ‚ सेनफेन छेन्जोम गुरुङ‚ सोनाम छोकी गुरुङ‚ ल्हाक्पा डोमा शेर्पा‚ थुप्तेन छोकी गुरुङ‚ शुभवती लामा‚ दकिला स्याङ्तान‚ प्रसन्नवती महर्जन‚ जिनवती (ज्ञानीदेवी) महर्जन‚ पमुदिता लामा‚ शोभा याङताङ‚ श्रमणिका महर्जन र छिरिङ छोटिन शेर्पा रहेका छन् ।

कार्यक्रमको पहिलो दिन कवि तथा सन्चारकर्मी रुपेश श्रेष्ठ र आनी छोइङ डोल्माले प्रशिक्षण गरिएका थिए । त्यस्तै दोस्रो दिन समीक्षकरनिवन्धकार र त्रिवि अङ्ग्रेजी विभागका उपप्राध्यापक कुमारी लामा र उत्प्रेरक वक्ता विकासदेव योन्जनबाट प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजन लक्ष्मी रुम्बाले गरेकी छन् ।