आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु 

गोकर्णेश्वर खबर६ आश्विन २०७९, बिहीबार १८:२१ मा प्रकाशित (१ साल अघि) २४० पाठक संख्या

६ असोज, काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।