आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

लेख कुमारी पुडासैनी गोकर्णेश्वर नगरपालिकाको उपमेयरको बलियो दावेदार

गोकर्णेश्वर खबर८ बैशाख २०७९, बिहीबार २०:२२ मा प्रकाशित (२ साल अघि) ५६४ पाठक संख्या

८ बैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा लेख कुमारी पुडासैनीले दाबि गरेकी छिन् । काठमाडौं क्षेत्र नं. ३ को नेपाल महिला संघको सभापति समेत रहेकी पुडासैनीले नेपाली काँग्रेसबाट उपमेयरमा दावी गरेकी हुन् । उनी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन् ।

लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल पुडासैनी २०३६ साल देखि नेपाली काँग्रेसमा आबद्ध भएर निरन्तर राजनीतिमा सक्रिय छिन् भनें काठमाडौं क्षेत्र नं. ३ मा पार्टी संगठन निर्माणमा समेत उनको भूमिका उल्लेखनीय रहेको छ ।

गोकर्णेश्वर नगरवासीको चाहना अनुसार नै आफू उपमेयरको उम्मेदवारीमा दावि गरेको भन्दै  पुडासैनीले भनिन्– ‘नगरवासीको चाहना अनुसार नै नगरको विकासमा काम गर्नेछु । गोकर्णेश्वर नगरपालिकावासीको जीवनलाई सजिलो बनाउन, जीवनस्तर उकास्न म निस्वार्थ भावले काम गर्नेछु ।’

विभिन्न सामाजिक संघसंस्था तथा पार्टी संगठनको पनि सफल नेतृत्व गरेकोले आफू गोकर्णेश्वर नगरपालिकाको उपमेयरको बलियो दावेदार रहेको पुडासैनीले बताईन् ।