आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वर ४ को वडा सदस्यमा रेखा बस्नेत श्रेष्ठको दावी 

गोकर्णेश्वर खबर८ बैशाख २०७९, बिहीबार १८:५६ मा प्रकाशित (२ साल अघि) ७५४ पाठक संख्या

८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा सदस्यमा रेखा बस्नेत श्रेष्ठले उम्मेदवारी दावी गरेकी छिन् । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट रेखा बस्नेत श्रेष्ठले वडा सदस्यमा दावी गरेकी हुन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश (ख) कार्यसमितिको सहसचिव समेत रहेकी उनी वागमति सरसफाई अभियान लगायतमा सक्रिय सामाजिक अभियन्ता पनि हुन् । कोरोना कहरको कठिन समयमा एक छाकमा ११ सय जना सम्मलाई खाना खुवाउने अभियानमा समेत उनी निरन्तर क्रियाशिल थिईन् ।

स्थानीयको जनभावना बुझेर विकास कार्य गर्ने लक्ष्य बोकर वडा सदस्यमा दावी गरेको रेखा बस्नेतले गोकर्णेश्वर खबरलाई बताईन् । विकासका लागि महिला सहभागितासँगै महिलाको नेतृत्व पनि आवश्यक रहेकोले आफूले वडा सदस्यमा उम्मेदवारीका लागि दावी गरेको उनले बताईन् ।

वडा नं. ४ मा नै जन्मेको पढेको हुनाले आफूले वडा नं. ४ लाई राम्रोसँग बुझेको बताउँदै श्रेष्ठले स्थानीय आवश्यकता बुझेर सबैलाई समेटेर काम गर्ने समेत बताईन् ।