आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वरको मेयरमा श्री कृष्ण बरालले स्वतन्त्रबाट उम्मेदवारी दिने

गोकर्णेश्वर खबर८ बैशाख २०७९, बिहीबार १८:४२ मा प्रकाशित (२ साल अघि) ८०२ पाठक संख्या

८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको मेयरमा श्री कृष्ण बरालले उम्मेदवारी दिने बताएका छन् । पार्टिका उम्मेदवारले स्वतन्त्र रुपमा जनताको पक्षमा काम गर्न नसक्ने बताउँदै बरालले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने बताएका छन् ।

गोकर्णेश्वर नगरपालिकामा बैशाख ३० गते हुने स्थानीय चुनावका लागि विभिन्न दलका तर्फबाट उम्मेदवारी दावी गरिरहेको समयमा बरालले स्वतन्त्र रुपमा उम्मेदवारी दिने गोकर्णेश्वर खबरलाई बताए ।

बरालले विगतमा आफू एमाले, माओवादी केन्द्र हुँदै विप्लव माओवादीसँग जोडिए पनि जनताको पक्षमा काम नभएको दावी गर्दै भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति बोकेर काम गर्ने अठोटका साथ मेयरमा उम्मेदवारी दिने बताए ।

जनता भ्रष्टाचारबाट वाक्क दिक्क भएकोले आफूलाई अत्यधिक मत दिई विजयी गराउने विश्वास व्यक्त गरे ।

उनले गोकर्णेश्वर नगरपालिकाको सांस्कृतिक, प्राकृतिक सम्पदाको संरक्षण, प्रवद्धर्न तथा सदुपयोग गर्दै आधुनिक र विकसित गोकर्णेश्वर बनाउन अरोरात्र खटिएर काम गर्ने समेत बताए । उत्पादनमूलक उद्योग स्थापना गरि नगरपालिकालाई सम्पन्न बनाउने योजनाका साथ आफूले मेयरमा उम्मेदवारी दिएकोले जनताले अत्यधिक मतले विजयी गराउने विश्वास समेत व्यक्त गरे ।

सामाजिक सरोकार र आम चासोको विषयमा आफूले खरो कुरा राख्ने भएकोले पनि जनताले आफूलाई यस पटक जिताउने उनले दावी गरे । उनले अहिलेसम्म ६० पटक ब्लड डोनेसन गरिसकेका छन् भनें कोरोनाको कठिन समयमा २५ सय जना भन्दा धेरैलाई खाना खुवाएका थिए ।