आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वर नगरपालिकाको मेयरमा दोहोरिन चाहेको छु : सन्तोष चालिसे

गोकर्णेश्वर खबर६ बैशाख २०७९, मंगलवार २१:०८ मा प्रकाशित (२ साल अघि) १६८१ पाठक संख्या

६ बैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले फेरी मेयरमा दोहोरिन चाहेको बताएका छन् । आज आफ्नै निवासमा सञ्चारकर्मीलाई अन्तरवार्ता दिंदै चालिसेले सो बताएका हुन् ।

पहिलो पटक निर्वाचित हुँदा सिस्टम बसाउन समय लागेको र २ वर्ष कोरोनाको कारण नगरपालिकाको विकासका लागि गर्नै पर्ने महत्वपूर्ण
काम योजनाहरु सम्पन्न हुन नसकेकोले अधुँरा योजना, कार्यक्रम सम्पन्न गर्न आफू फेरी मेयरमा दोहोरिन चाहेको चालिसेले बताए ।

आजसम्म काम गरेको अनुभवका आधारमा देशकै भव्य र सभ्य नगरपालिका बनाउन आफू फेरी मेयरमा दोहोरिन चाहेको भन्दै चालिसेले सहयोगका लागि आग्रह समेत गरेका छन् ।

मेयर चालिसेले आफ्नो ५ वर्षे कार्यकालमा गोकर्णेश्वरको विकास देशमै उदाहरणीय भएको दावी समेत गरे ।