आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

माओवादी केन्द्रले गोकर्णेश्वरका ७ वटा वडाका उम्मेदवार टुंग्यायो, को-को छन् सिफारिस गरिएका उम्मेदवार ?

गोकर्णेश्वर खबर४ बैशाख २०७९, आईतवार ०९:१९ मा प्रकाशित (२ साल अघि) ५८८ पाठक संख्या

३ बैशाख २०७९ शनिबार, काठमाडौं । नेकपा माओवादी केन्द्रले गोकर्णेश्वर नगरपालिकाको ७ वटा वडाको वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको टुंगो लगाएको छ । शनिबार माओवादी केन्द्र गोकर्णेश्वर नगर कमिटिले उम्मेदवार घोषणा कार्यक्रम आयोजना गरी सो जानकारी दिएको हो ।

यसैगरी, माओवादी केन्द्रले मेयरमा नेकपा माओवादी केन्द्रका वागमति प्रदेश परिषद सदस्य तथा गोकर्णेश्वर नगर इन्चार्ज पेमाछिरी शेर्पालाई सिफारिस गरेको छ । शनिबार माओवादी केन्द्रले वडा नं. २, ३, ४, ५, ६, ७ र ९ बाट सिफारिस गरिएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

चैत २८ गतेको पुर्ण बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नगर कमिटिले शनिबार गोकर्णेश्वरको मेयर सहित ७ वडाबाट सिफारिस गरिएका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।

यसैगरी, उपमेयरमा एक भन्दा बढी उम्मेदवारका आकांक्षी भएकोले सहमति हुन नसकेको र वडा नं. १ र ८ मा पनि सहमति हुन नसकेकोले केही दिन पछि सहमतिमै उम्मेदवारको टुंगो लगाएर सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएको छ ।

को-को छन् अध्यक्ष र सदस्यमा सिफारिस गरिएका उम्मेदवार ?

७ वटा वडाबाट सिफारिस गरिएका वडा अध्यक्ष र सदस्यहरुको नामावली यस प्रकार रहेको छ ।

वडा नं. २ बाट वडा अध्यक्ष र सदस्यमा सिफारिस गरिएका उम्मेदवार –

वडा अध्यक्ष : शिवराम पण्डित
महिला वडा सदस्य : आरती लामा
दलित महिला सदस्य : मैया सेन्चुरी
खुल्ला वडा सदस्य : गेल्बु शेर्पा
खुल्ला वडा सदस्य : रामहरी भण्डारी

वडा नं. ३ बाट वडा अध्यक्ष र सदस्यमा सिफारिस गरिएका उम्मेदवार –
वडा अध्यक्ष : हर्क बहादुर तामाङ
महिला वडा सदस्य : रमीला श्रेष्ठ
दलित महिला सदस्य : चिरबिरे कामी
खुल्ला वडा सदस्य : पासाङ शेर्पा
खुल्ला वडा सदस्य : नयन राज विष्ट

वडा नं. ४ बाट वडा अध्यक्ष र सदस्यमा सिफारिस गरिएका उम्मेदवार –

वडा अध्यक्ष : शिवहरी श्रेष्ठ
महिला वडा सदस्य : सविना श्रेष्ठ
दलित महिला सदस्य : दुर्गा परियार
खुल्ला वडा सदस्य : पासाङ तामाङ
खुल्ला वडा सदस्य : प्रदीप श्रेष्ठ

 

वडा नं. ५ बाट वडा अध्यक्ष र सदस्यमा सिफारिस गरिएका उम्मेदवार –

वडा अध्यक्ष : मान बहादुर तामाङ
महिला वडा सदस्य : यशोदा ढुंगेल
दलित महिला सदस्य : मञ्जु दर्नाल
खुल्ला वडा सदस्य : छवि लाल पाठक
खुल्ला वडा सदस्य : बालनन्द मैनाली

वडा नं. ६ बाट वडा अध्यक्ष र सदस्यमा सिफारिस गरिएका उम्मेदवार –

वडा अध्यक्ष : उद्धव प्रसाद आचार्य
महिला वडा सदस्य : दाछेकी शेर्पा
दलित महिला सदस्य : शान्ता वि.क.
खुल्ला वडा सदस्य : नील प्रसाद ढुंगाना
खुल्ला वडा सदस्य : रवि ढकाल

 

वडा नं. ७ बाट वडा अध्यक्ष र सदस्यमा सिफारिस गरिएका उम्मेदवार –

वडा अध्यक्ष : लिला बहादुर गुरुङ
महिला वडा सदस्य : सुमित्रा श्रेष्ठ
दलित महिला सदस्य : रञ्जना सुनार
खुल्ला वडा सदस्य : कृष्ण प्रसाद हुमागाई
खुल्ला वडा सदस्य : अर्जुन श्रेष्ठ

वडा नं. ९ बाट वडा अध्यक्ष र सदस्यमा सिफारिस गरिएका उम्मेदवार –

वडा अध्यक्ष : विजेन्द्र बहादुर लामा
महिला वडा सदस्य : विमला तामाङ
दलित महिला सदस्य : सरिता कालिराज
खुल्ला वडा सदस्य : सञ्जय पाख्रिन
खुल्ला वडा सदस्य : दावा शेर्पा ।