आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर ८ को वडा सदस्यमा तारा देवी फुयालको दावी

गोकर्णेश्वर खबर४ बैशाख २०७९, आईतवार ०८:५१ मा प्रकाशित (२ साल अघि) ६२४ पाठक संख्या

४ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा सदस्यमा तारा देवी फुयालले उम्मेदवारी दावी गरेकी छिन् । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट फुयालले वडा सदस्यमा दावी गरेकी हुन् ।


सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल भई राजनीतिमा समेत सक्रिय फुयालले वडा सदस्यमा उम्मेदवारी दावी गरे पछि बलियो दावेदारका रुपमा हेरिएको छ । 


लामो समय देखी सामाजिक सेवामा लाग्दै आएकी फुयाल सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी र सिद्धिदात्री मन्दिर समितिको समेत अध्यक्ष हुन् । उनी कांग्रेसको टोल कार्यसमितिको संयोजक समेत हुन् ।

तारा देवि फुयाल गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा समाज सेवाको क्षेत्र, महिला विकास अभियान तथा सहकारी अभियानमा चर्चित नाम हो । उनी वडा सदस्यको प्रवल दावेदार पनि हुन् । सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल भई राजनीतिमा समेत सक्रिय फुयालले वडा सदस्यमा उम्मेदवारी दावी गरे पछि बलियो दावेदारका रुपमा हेरिएको छ ।