आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

पेमा छिरि शेर्पा माओवादी केन्द्रबाट गोकर्णेश्वरको मेयरमा सिफारिस, ७ वडाका उम्मेदवार टुंगियो

गोकर्णेश्वर खबर३ बैशाख २०७९, शनिबार २२:५८ मा प्रकाशित (२ साल अघि) ९७८ पाठक संख्या

३ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा माओवादी केन्द्रले पेमा छिरि शेर्पालाई सिफारिस गरेको छ । आज माओवादी केन्द्र गोकर्णेश्वर नगर कमिटिले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा  सो जानकारी दिएको हो ।

पेमाछिरी शेर्पा नेकपा माओवादी केन्द्रका वागमति प्रदेश परिषद सदस्य तथा गोकर्णेश्वर नगर इन्चार्ज हुन् ।

चैत २८ गतेको पुर्ण बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नगर कमिटिले आज गोकर्णेश्वरको मेयर सहित ७ वडाबाट सिफारिस गरिएका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । आज वडा नं. २, ३, ४, ५, ६, ७ र ९ बाट सिफारिस गरिएका उम्मेदवारको नाम समेत सार्वजनिक गरिएको छ ।

उपमेयरमा एक भन्दा बढी उम्मेदवारका आकांक्षी भएकोले सहमति हुन नसकेको र वडा नं. १ र ८ मा पनि सहमति हुन नसकेकोले केही दिन पछि सहमतिमै उम्मेदवारको टुंगो लगाएर सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने जानकारी दिईएको छ ।

आज गोकर्णेश्वर नगरपालिकामा सहमति भई सिफारिस भएका ७ वटा वडाका वडाअध्यक्ष र सदस्यका उम्मेदवारका नामावली घोषणा गरिएको छ ।

वडा नं. २ बाट सिफारिस हुने उम्मेदवारहरुमा वडा अध्यक्ष शिवराम पण्डित, महिला वडा सदस्य आरती लामा, दलित महिला सदस्य मैया सेन्चुरी, खुल्ला वडा सदस्यमा गेल्बु शेर्पा र रामहरी भण्डारी रहेका छन् ।

यसैगरी, वडा नं. ३ बाट सिफारिस हुने उम्मेदवारहरुमा वडा अध्यक्ष हर्क बहादुर तामाङ, महिला वडा सदस्य रमीला श्रेष्ठ, दलित महिला सदस्य चिरबिरे कामी, खुल्ला वडा सदस्यमा पासाङ शेर्पा र नयन राज विष्ट रहेका छन् ।

यसैगरी, वडा नं. ४ बाट सिफारिस हुने उम्मेदवारहरुमा वडा अध्यक्ष शिवहरी श्रेष्ठ, महिला वडा सदस्य सविना श्रेष्ठ, दलित महिला सदस्य दुर्गा परियार, खुल्ला वडा सदस्य पासाङ तामाङ र प्रदीप श्रेष्ठ रहेका छन् ।

यसैगरी, वडा नं. ५ बाट सिफारिस हुने उम्मेदवारहरुमा वडा अध्यक्ष मान बहादुर तामाङ, महिला वडा सदस्य यशोदा ढुंगेल, दलित महिला सदस्य मञ्जु दर्नाल, खुल्ला वडा सदस्य छवि लाल पाठक र बालनन्द मैनाली रहेका छन् ।

यसैगरी, वडा नं. ६ बाट सिफारिस हुने उम्मेदवारहरुमा वडा अध्यक्ष उद्धव प्रसाद आचार्य, महिला वडा सदस्य दाछेकी शेर्पा, दलित महिला सदस्य शान्ता वि.क., खुल्ला वडा सदस्य नील प्रसाद ढुंगाना र रवि ढकाल रहेका छन् ।

यसैगरी, वडा नं. ७ बाट सिफारिस हुने उम्मेदवारहरुमा वडा अध्यक्ष लिला बहादुर गुरुङ, महिला वडा सदस्य सुमित्रा श्रेष्ठ, दलित महिला सदस्य रञ्जना सुनार, खुल्ला वडा सदस्यमा कृष्ण प्रसाद हुमागाई र अर्जुन श्रेष्ठ रहेका छन् ।

यसैगरी, वडा नं. ९बाट सिफारिस हुने उम्मेदवारहरुमा वडा अध्यक्ष विजेन्द्र बहादुर लामा, महिला वडा सदस्य विमला तामाङ, दलित महिला सदस्य सरिता कालिराज, खुल्ला वडा सदस्य सञ्जय पाख्रिन र दावा शेर्पा रहेका छन् ।

उम्मेदवारहरुको नामावली घोषणा कार्यक्रम नगर कमिटि अध्यक्ष मान बहादुर तामाङको अध्यक्षतामा माओवादी नेताहरु कुमार पौडेल, महेश्वर फूयाँल तथा गोकर्णेश्वर नगर इन्चार्ज पेमा छिरि शेर्पा लगायतका नेताहरुको उपस्थितीमा भएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा माओवादी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।