आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वरको उप–मेयरमा लक्ष्मी पुडासैनीको दावी

गोकर्णेश्वर खबर३ बैशाख २०७९, शनिबार २१:१८ मा प्रकाशित (२ साल अघि) १०८१ पाठक संख्या

३ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको उप–मेयरमा लक्ष्मी पुडासैनीले दावी गरेकी छिन् । २०५१ सालबाट नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेकी पुडासैनीले नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको उप–मेयरमा दावी गरेकी हुन् ।

अर्थशास्त्रको लेक्चरर समेत रहेकी लक्ष्मी पुडासैनी गोकर्णेश्वरमा सामाजिक, राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो । सामाजिक कार्यमा अग्रसर, राजनीतिमा लामो समय देखि सक्रिय, शिक्षा क्षेत्रमा समेत विशेष योगदान रहेकी पुडासैनी महिला व्यवसायी पनि हुन् । वहुआयामिक क्षमता भएकी पुडासैनीलाई योग्य र बलियो उप–मेयरको दावेदारको रुपमा समेत हेरिएको छ ।

लक्ष्मी पुडासैनी गोकर्णेश्वर नगरपालिकामा जन्मी विवाह पश्चात् गोकर्णेश्वर ८ लाई आफ्नो कर्मथलो बनाएकी बौद्धिक व्यक्तित्व, समाजशास्त्री, अर्थशास्त्री एवं सफल व्यवसायी हुन् । उनी २०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट नगर उपप्रमुख (उप-मेयर) को प्रवल दावेदारका रुपमा रहेकी छिन् ।


अर्थशास्त्रको लेक्चरर समेत रहेकी लक्ष्मी पुडासैनी गोकर्णेश्वरमा सामाजिक, राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो । सामाजिक कार्यमा अग्रसर, राजनीतिमा लामो समय देखि सक्रिय, शिक्षा क्षेत्रमा समेत विशेष योगदान रहेकी पुडासैनी महिला व्यवसायी पनि हुन् । वहुआयामिक क्षमता भएकी पुडासैनीलाई योग्य र बलियो उप–मेयरको दावेदारको रुपमा समेत हेरिएको छ ।


 

सामाजिक र राजनीतिक पारिवारिक पृष्ठभूमि भएकी पुडासैनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ आर आर क्याम्पसमा २०५१ साल देखि २०५८ सम्म र नेपाल शिक्षक संघमा २०५६ देखि २०६३ सम्म आबद्ध थिईन् । कांग्रेसको १३ औ महाधिवेशनबाट प्रत्यक्ष सकृय राजनीतिमा आएकी उनी १४ औ महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को गो.न.पा. ८ बाट क्षेत्रीय प्रतिनिधिमा चुनिएर केन्द्रिय महाधिवेशन प्रतिनिधिमा झिनो मतले पराजीत भएकी थिइन् । उच्च मनोवल एवं जुझारु स्वभावकी उनी हारलाई जीतको रुपमा लिएर आफ्नो राजनीतिक यात्रालाई अझ सशक्त रूपमा अघि बढिरहेको बताउँछिन् ।पुडासैनी अर्थशास्त्रको लेक्चरर समेत हुन् । उनी विगत २५ वर्ष देखि शिक्षासेवीका रूपमा परिचत हुँदै सामाजिक विकास कार्यमा अग्रपंक्तिमा छिन् । मिलनसार एवं सरल स्वभावकी उनी परिवर्तनशील महिला समाजकी अध्यक्ष पनि हुन् भनें उनी विकास र न्यायको पक्षमा सँधैं प्रष्ट वक्ता, निडर र हक्की महिलाका रुपमा चिनिन्छिन् ।

वर्तमान राजनीतिमा वौद्धिक व्यक्तित्वको खाँचो औंल्याउँदै गोकर्णेश्वर नगरपालिकामा भएका स्रोत र साधनहरुको उचित परिचालन गरी नगरमा जति सक्दो रोजगारिका अवसरहरु सिर्जना गर्ने, स्थानीय उत्पादन र उपयोगमा जोड दिने, स्वास्थ्य र शिक्षामा सरल पहुँच पु¥याउने, नगर भित्रमा धार्मिक पर्यटकीय स्थलको संरक्षण, सम्वर्धन प्रवद्धर्न गर्ने, प्राकृतिक विनाश रोक्ने, बौद्धिक जगतसँग सहकार्य गर्ने, महिला बालबालिका, जेष्ठ नागरिक, शारीरिक एवं मानसिक रुपमा अशक्त, सिमान्तकृत वर्गलाई विशेष प्राथमिकता दिने, न्यायिक प्रशासनिक एवं आर्थिक सुशासन कायम गर्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, नगरपालिकालाई जन उत्तरदायी सरकारको रूपमा स्थापित गर्ने, साथै नगरपालिकालाई गौरव गर्न लायक नगरपालिका बनाउन सहयोगी भूमिका निभाउने मुद्धालाई व्यवहारमै कार्यान्वयन गर्ने मुख्य उदेश्य बोकेर उप–मेयरको उम्मेदवारी दावी गरेको गोकर्णेश्वर खबरलाई बताईन् । उनलाई गोकर्णेश्वरमा नेपाली काँग्रेसको तर्फबाट उप–मेयरको प्रबल दावेदारको रूपमा समेत हेरिएको छ ।