आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा लिलादेवी भट्टराईको दावी

गोकर्णेश्वर खबर२ बैशाख २०७९, शुक्रबार २२:४० मा प्रकाशित (२ साल अघि) ९१३ पाठक संख्या

२ वैशाख, काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लिएर गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसमा राजनीतिक सरगर्मी बढेको छ । नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यका दावेदारहरु बढीरहेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा काँग्रेस नेतृ लिलादेवी भट्टराईले दावी गरेकी छिन् । लामो समयदेखि कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय भएकोले आफु नै उपमेयरको उम्मेदवार हुनुपर्ने भट्टराईको दावी रहेको छ ।

२०४२-०४३ सालदेखि राजनितिमा सक्रिय भट्टराईले २०४८ सालदेखि पार्टीको कृयाशिल सदस्य लिएर उर्जाशिल समय पार्टीमा दिएकोले उपमेयरको उम्मेदवारमा दावी रहेको बताईन् ।

काँग्रेसको १३ औं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर क्षेत्रीय सदस्य निर्वाचित भएकी भट्टराई हाल नेपाल महिला संघ गोकर्णेश्वर नगर समिति सभापति पनि हुन् ।

विभिन्न संघ संस्थामा आवद्ध भई सामाजिक कार्यमा समेत सक्रिय भट्टराईले उपमेयरमा आफू सर्वसम्मत उम्मेदवार हुनु पर्ने बताईन् ।