आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

लक्ष्मण चौंलागाई गोकर्णेश्वर ८ को वडा अध्यक्षका बलिया दावेदार

गोकर्णेश्वर खबर१ बैशाख २०७९, बिहीबार २३:३८ मा प्रकाशित (२ साल अघि) ६५० पाठक संख्या

१ वैशाख २०७९, काठमाडौं । स्थानीय चुनावको मिति नजिकिंदै गर्दा गोकर्णेश्वर नगरपालिकामा चुनावी सरगर्मी बढीरहेको छ । गोकर्णेश्वर वडा नं. ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारीका लागि दावी गर्नेहरु बढिरहेका छन् ।

अहिले गोकर्णेश्वर वडा नं. ८ का लागि नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर वडा नं ८ इकाई सभापति लक्ष्मण चौलागाईका साथै वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि कृष्ण चालिसे, नेपाली कांग्रेसका क्रियाशील सदस्य एवम् गोकर्णेश्वर नगरपालिकाका कानुनि सल्लाहकार उत्तम खनाल , काठमाडौ क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य राजेश अधिकारी लगायतको दावेदारी रहेको छ । दावेदारहरु मध्ये को बलियो छ भन्ने चर्चा राजनीतिक बजारमा चुलिएको छ ।

सरल, सहयोगि र मिलनसार व्यक्तित्व नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ८ इकाईका सभापति लक्ष्मण चौलागाईलाई वडा अध्यक्षको बलियो दावेदारको रुपमा हेरिएको छ । सधै जनअपेक्षा अनुसारनै सामाजिक काममा सक्रिय लक्ष्मण चौलागाईं वडा नं ८ भित्र लोकप्रिय नाम भएको र एकातिर चौंलागाईलाई इकाई सभापतिका रुपमा बलियो दावेदार मानिएको छ अर्को तर्फ उनले नागरिक वडा मञ्चमा प्रतिनिधी हुदाँदेखिनै निरन्तर क्रियाशिल भई चाहे त्यो २०७२ सालको भुकम्पको महाविपतिको बेलामा होस् या कोरोनाको विभिन्न लहरमा होस् या अरु विभिन्न आईपरेका सामाजिक काममा होस् सधै जन अपेक्षा अनुसार अग्रपंक्तिमा रहि सक्रिय रहने भएकालेनै उनको पक्षमा माहोल तयार भएको चौलागाई निकटकाहरु बताउँछन् ।

वडाको विकासका लागि सुशासनको नारा बोकेर आफूले वडा अध्यक्षमा उम्मेदवारी दावी गरेको लक्ष्मण चौंलागाईले गोकर्णेश्वर खबरलाई बताए ।

२०६४ साल देखि राजनीतिमा सक्रिय चौंलागाई आफूलाई राजनीतिमा दिक्षित गर्ने गुरु स्वर्गीय चक्र बहादुर ठकुरीलाई मान्छन् । ठकुरी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै चौंलागाईले ठकुरीकै प्रेरणाले राजनीतिमा अगाडी बढेको बताए । स्वर्गीय चक्र बहादुर ठकुरीबाट आफूले सामाजिक विकासका लागि राजनीति गर्नु पर्ने सिकेको, ठकुरीको सादा जीवन र विकाशप्रेमी छविबाट प्रभावित भएर सामाजिक सेवाकै लागि आफू पनि शिक्षक पेशा छाडेर राजनीतिमा सक्रिय भएको चौलागाईले बताए ।

वडा नं. ८ का दाजुभाई, दिदी–बहिनीसँग हार्दिकता र मित्रता कायम गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै चौंलागाईका भन्छन्–‘नेतृत्व गर्नेले कुरा मात्रै गर्ने होईन काम गरेर देखाउनु पर्छ । उपदेश मात्र दिने होईन स्वयं उदाहरणीय हुनुपर्छ भन्ने भावना बोकेर जनताको सेवा गर्ने उदेश्यले वडा अध्यक्षमा उम्मेदवारीका लागि दावि गरेको हुँ ।’ उनले अगाडी थपे– उम्मेदवारी दिने घोषणासँगसँगै अग्रजसँग सल्लाह गरिरहेको छुँ, वडाको विकास कार्यमा आफूलाई सक्रियताका साथ जोडिरहेको छुँ । आम वडावासीको साथ सहयोगले वडाको विकासको लागि जिम्बेवारी लिन सफल हुनेमा विश्वस्त छु ।