आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

१ लाख १ हजार पुरस्कार राशी भएको प्रथम मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

गोकर्णेश्वर खबर२९ चैत्र २०७८, मंगलवार १५:०२ मा प्रकाशित (२ साल अघि) ४५७ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका, युवा तथा खेलकुद समितिको आयोजनामा आजबाट १ लाख १ हजार पुरस्कार राशी भएको प्रथम मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।

कागेश्वरी मनोहाराको मूलपानीमा अवस्थित सशस्त्र प्रहरी बलको मैदानमा युवा तथा खेलकुद समिति का संयोजक संजय लामाले खेलको उद्घाटन गरेका हुन् ।

खेलमा गोकर्णेश्वर नगरपालिका भित्रका ८ वटा टिमले भाग लिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र अनि द्वितीय हुने टिमले ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । आज भएको उद्घाटन खेलमा गोकर्णेश्वर वडा नम्बर १ ले वडा नम्बर २ लाई टाइब्रेकरमा ४(३ गोल अन्तरले पराजित गरेको छ ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा पनि दुबै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

आजको अर्को खेल वडा नम्बर ३ र वडा नम्बर ७ बिच दिउँसो ३ बजे हुनेछ ।