आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर ८ को वडा सदस्य उम्मेदवारमा युवा व्यवसायी सीताराम दाहालको दावी 

गोकर्णेश्वर खबर२६ चैत्र २०७८, शनिबार २३:४३ मा प्रकाशित (२ साल अघि) ५६९ पाठक संख्या

२६ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को वडा सदस्यमा उम्मेदवारीका लागि युवा व्यवसायी सीताराम दाहालले दावी गरेका छन् ।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ को वडास्तरको क्षेत्रीय प्रतिनिधि समेत रहेका दाहालले राजनीतिमा युवा सहभागिता महत्वपूर्ण हुने भएकोले आफूले आसन्न चुनावमा धेरै भन्दा धेरै युवा परिचालन गर्ने उदेश्यका साथ वडा सदस्यमा उम्मेदवारी दिएको गोकर्णेश्वर खबरलाई बताए ।

दाहालले आसन्न चुनावमा पार्टीलाई जिताउन युवा नेतृत्व र सहभागिता आवश्यक देखिएको बताए । राजनीति समाजसेवाको अंग भएको विश्वास बोकेर राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल भएकोले वडा सदस्य उम्मेदवारको रुपमा आफू बलियो दावेदार भएको बताए । दाहाल युवा व्यवसायी समेत हुन् ।