आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

संविधान सभा सदस्यका उम्मेदवार गोकुल रोक्काको वडा अध्यक्षमा दावी

गोकर्णेश्वर खबर२३ चैत्र २०७८, बुधबार २२:४७ मा प्रकाशित (२ साल अघि) ८३६ पाठक संख्या

२३ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक्षको उम्मेदवारमा गोकुल रोक्काले दावी गरेका छन् । नेपाल तरुण दल काठमाडौं जिल्ला संगठन विभाग सदस्य तथा क्षेत्रीय प्रतिनिधि, वागमति प्रदेश प्रतिनिधि समेत रहेका रोक्काले वडा अध्यक्षको उम्मेदवारमा दावी गरेका हुन् ।

रोक्कालाई मेलम्चि दोबाटो टोल कार्यसमितिले वडा अध्यक्षको लागि सिफारिस समेत गरेको छ । २०७० सालको संविधान सभाको चुनावमा उम्मेदवार समेत बनेका रोक्का युवा नेतृत्वले नै वडाको विकास गर्न सक्ने भएकोले आफूले वडा अध्यक्षमा दावी गरेको बताउँछन् ।