आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा कांग्रेसका ७ जनाको दावी

गोकर्णेश्वर खबर२३ चैत्र २०७८, बुधबार २२:२५ मा प्रकाशित (२ साल अघि) १८३० पाठक संख्या

२३ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारका आकांक्षीहरु बढीरहेका छन् । गोकर्णेश्वर नगरपालिकामा उपमेयरका उम्मेदवारका आकांक्षी नेपाली कांग्रेसबाट आधा दर्जन भन्दा बढी महिला नेतृहरु देखिएका छन् ।

वर्तमान उपमेयर देखि राजनीतिमा लामो समयदेखि काम गरेका नेतृ सम्मले गोकर्णेश्वरको उपमेयरको उम्मेदवारीका लागि दावी गरिरहेका छन् । उपमेयरका आकांक्षीहरु योग्यता, राजनीतिक योगदान, भेगीय सन्तुलन आदीको आधारमा आफ्नो उम्मेदवारीको दावी गरिरहेका छन् ।

वर्तमान उपमेयर शान्ति नेपाल, नेपालि काँग्रेस वागमति प्रदेश सदस्य गीता सिंखडा, नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमति सदस्य भावना ठकुरी, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा सदस्य तथा न्यायीक समिति सदस्य सत्यभामा श्रेष्ठ, काठमाडौं क्षेत्र नं ३ का महिला संघकी सभापति लेख कुमारी पुडासैनी, क्षेत्रीय प्रतिनिधि लक्ष्मी पुडासैनी, तथा शिक्षण पेशामा आबद्ध रहेकी एवम् सामाजसेवाको क्षेत्रमा क्रियाशिल रेखा अर्यालको नाम उपमेयरको उम्मेदवारको रुपमा चर्चामा रहेको छ ।