आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

कांग्रेसबाट गोकर्णेश्वर ८ मा पूरुष खुल्ला तर्फबाट वडा सदस्यमा उम्मेदवारका आकांक्षी

गोकर्णेश्वर खबर२२ चैत्र २०७८, मंगलवार १९:०६ मा प्रकाशित (२ साल अघि) ६३२ पाठक संख्या
२२ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को वडा सदस्यको उम्मेदवारमा पूरुष खुल्ला तर्फबाट नेपाली कांग्रेसबाट ९ जनाले दावी गरेका छन् ।  सोमबार बसेको नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईको वृहत क्रियाशिल भेलामा ९ जनाले वडा सदस्यमा उम्मेदवारीका लागि दावी गरेका हुन् ।
वृहत क्रियाशिल भेलामा वडा सदस्यमा दावी गर्नेहरुमा राजेश दाहाल, कृष्ण प्रसाद नेपाल, सीताराम दाहाल, फुर्साङ लामा, बालकृष्ण ठकुरी, हरिकृष्ण श्रेष्ठ, धर्मलाल श्रेष्ठ, देवी बहादुर न्यौपाने, जीत बहादुर बस्नेत रहेका छन् ।
वडा सदस्यको उम्मेदवारका दावेदारले आसन्न निर्वाचन र वडा समिति उम्मेदवार सिफारिसका सम्वन्धमा आयोजना गरिएको वृहत क्रियाशिल भेलामा आफ्नो उम्मेदवारीको दावी गरेका हुन् ।