आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर १ को वडा अध्यक्षमा २ टोल कार्यसमितिबाट राम मानन्धर सर्वसम्मत

गोकर्णेश्वर खबर२१ चैत्र २०७८, सोमबार २३:०४ मा प्रकाशित (२ साल अघि) ७७० पाठक संख्या

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक्षको उम्मेदवारको रुपमा २ वटा टोल कार्यसमितिबाट सर्वसम्मत रुपमा राम मानन्धरको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेसको ओख्रेनी टोल कार्यसमिति र सुन्दरीजल टोल कार्यसमितिले राम मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको इकाई सभापति राम मानन्धरले गोकर्णेश्वर खबरलाई जानकारी दिए ।

यसैगरी, मेलम्चि दोबाटो टोल कार्यसमितिले पनि मानन्धरलाई एक नम्बरमा वडा अध्यक्षको रुपमा सिफरिस गरेको छ भनें अन्य अध्यक्षका उम्मेदवारका रुपमा गोकुल रोक्का, सौगात सिंखडा, तीर्थ बहादुर तामाङ, श्रीहरी पोखरेललाई सिफारिस गरेको छ ।

मूलखर्क टोल कार्यसमितिले कर्मा शेर्पा, सीता तामाङ, अनिल तामाङ, तीर्थ तामाङलाई सिफारिस गरेको छ ।