आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

गोकर्णेश्वर ८ को वडा अध्यक्षमा इकाई सभापति सहित ७ जनाको दावी

गोकर्णेश्वर खबर२१ चैत्र २०७८, सोमबार १६:२५ मा प्रकाशित (२ साल अघि) ४२२ पाठक संख्या

२१ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ७ जनाले दावी गरेका छन् । आज बसेको नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईको वृहत क्रियाशिल भेलामा ७ जनाले वडा अध्यक्षका लागी दावी गरेका हुन् ।

भेलामा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका वर्तमान इकाई सभापति लक्ष्मण चौंलागाई, वडा सदस्य एवम् इकाई सभापतिका प्रत्यासी नन्दलाल श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि हिरेन्द्र लामा, क्षेत्रीय प्रतिनिधि कृष्ण कुमार चालिसे, क्षेत्रीय प्रतिनिधि मुक्तिनाथ डोटेल, नेपाली कांग्रेसका क्रियाशील सदस्य एवम् गोकर्णेश्वर नगरपालिकाका कानुनी सल्लाहकार उत्तम खनाल, काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य राजेश अधिकारीले वडा अध्यक्षका लागि दावी गरेका हुन् ।

आसन्न निर्वाचन र स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिसका सम्वन्धमा वृहत क्रियाशिल भेला आयोजना गरेको इकाई सभापति लक्ष्मण चौंलागाईले जानकारी दिए ।