आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

सहमतिमा एकल वा साझा उम्मेदवार हुने मन्त्री कार्कीको दावी

गोकर्णेश्वर खबर१२ चैत्र २०७८, शनिबार १५:१४ मा प्रकाशित (२ साल अघि) ५३५ पाठक संख्या

कास्की, चैत १२ गते । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धबाट साझा वा एकल उम्मेदबार हुने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा जिल्ला अस्पातलको निरीक्षण पछि शनिबार विहान सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र औचित्यका आधारमा उम्मेदबार तय हुने मन्त्री कार्कीको भनाई रहेको छ ।

अहिलेको गठबन्धन तिनै तहको निर्वाचनसम्म कायम रहने बताउनुहुँदै राष्ट्रिय एकता, लोकतन्त्र र आन्तरिक एकतालाई मजबुत पार्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा उम्मेदबार छनौट हुने बताए । देशभर नै शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने र त्यो उत्सवको रुपमा हुने भएकाले सबैलाई सहभागी हुन आग्रह समेत गरे ।