आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने 

गोकर्णेश्वर खबर१० चैत्र २०७८, बिहीबार १५:५४ मा प्रकाशित (२ साल अघि) ८७६ पाठक संख्या

१० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जाने भएका हुन् ।

यही चैतभित्र प्रधानमन्त्रीको औपचारिक भ्रमण हुने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । उनले भने, ‘प्रधानमन्त्री भ्रमणमा जाने निश्चित भएको छ। तर मिति तय भइसकेको छैन। मितिका बारेमा छलफल भइरहेको छ ।’

यसअिघ भाइब्रेन्ट गुजरात समिटमा भाग लिन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।