आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

स्थानीय तहको निर्वाचन तोकिएको समयमै : प्रधामन्त्री देउवा 

गोकर्णेश्वर खबर१० चैत्र २०७८, बिहीबार १३:१६ मा प्रकाशित (२ साल अघि) १३१ पाठक संख्या

१० चैत, काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाको प्राशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले निर्वाचनको तयारी तीब्र रुपमा अगाडि बढाएको बताए ।

विपक्षीहरु सरकार निर्वाचन भाड्न लागेको भनेको बताउँदै प्रधामन्त्री देउवाले सरकार निर्वाचन भाँड्न नभई समयमै निष्पक्ष निर्वाचन गर्न लागि परेको बताए । देउवाले विपक्षी दल बरु बिभिन्न बाहाना निकाल्दै निर्वाचन पछाडि धकेल्ने दौडमा लागेको जिकिर गरे । स्थानीय सरकार जनतको प्रत्यक्ष निगरानीमा चल्ने सरकार भएको बताउँदै प्रधामन्त्री देउवाले स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।

यस्तै, नेपाली काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकारले पास गरेको एमसीसीले देशलाई गरिबीबाट बचाउने बताए । एमसीसीको अरबांै रुपियाँको अनुदानले देशलाई फाइदै फाइदा हुने बताउँदै श्रेष्ठले ब्याख्यात्मक बिश्लेषणको सहि प्रयोग हुने बताए ।