आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

तारादेवि फूयाँलको सभापतित्वमा ४७ सदस्यीय बेशीगाँउ टोल कार्यसमिति गठन

गोकर्णेश्वर खबर१० चैत्र २०७८, बिहीबार ०८:०८ मा प्रकाशित (२ साल अघि) ४४९ पाठक संख्या

१० चैत, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ईकाई अन्र्तगत बेशीगाँउ टोल कार्यसमिति गठन भएको छ । बुधबार तारादेवि फूयाँलको सभापतित्वमा ४७ सदस्यीय टोल कार्यसमिति गठन भएको हो ।

बेशीगाँउ टोल कार्यसमिति गठन कार्यक्रम काठमाडौं क्षेत्र नं. ३ प्रदेश (ख) का सभापति विमल ठकुरीले आगामी चुनावमा कांग्रेसलाई जिताउने अभिभारा सम्पूर्ण कांग्रेसको काँधमा आएकोले आ आफ्नो जिम्बेवारी अनुसार एकताबद्ध भएर कार्य अर्ग आग्रह गरे ।

यसैगरी, कार्यक्रममा पूर्व इकाई सभापति मनोज कुमार ढुंगानाले आन्तरिक चुनावको असर आगामी चूनावमा देखिन नहुनेमा सचेत गर्दै सबै नेता कार्यकर्ता स्थानीय चुनावमा केन्द्रीत भएर कांग्रेसलाई जिताउने भूमिका खेल्न आग्रह गरे ।

कार्यक्रमलाई नेपाली कांग्रेसका काठमाडौं जिल्ला कार्यसमिति सदस्य तथा जिल्ला प्रतिनिधि भावना ठकुरी, वडा सदस्य नन्दलाल श्रेष्ठले सम्वोधन गरेका थिए ।

इकाई सभापति लक्ष्मण चौंलागाईको सभापतित्वमा भएको कार्यक्रममा नेविसंघ क्षेत्रीय सभापति तथा क्षेत्रीय सदस्य राजेश अधिकारी, वडा नं. ८ का जनजाति सभापति फूर्साङ लामा लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता, क्रियाशिल र शुभचिन्तकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा महिला संघको क्रियाशिल सदस्यता वितरण समेत गरिएको थियो ।