आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा नियुक्त 

गोकर्णेश्वर खबर९ चैत्र २०७८, बुधबार २०:०० मा प्रकाशित (२ साल अघि) ४३९ पाठक संख्या

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका छन् । सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार आज पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा शेर्पालाई नियुक्त गरेका हुन् ।

यस्तै, देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका छन् । तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्नेछ ।

नेपाली कांग्रे‍सको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा सभापति शेरबहादुर देउवाले परामर्श नगरेकोप्रति डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । नेता शेखर पक्षको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो ।