आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

गोकर्णेश्वर ८ मा कांग्रेसको आरुबारी-डाँडागाउँ-ढुङ्गेधारा टोल कमिटी गठन

गोकर्णेश्वर खबर७ चैत्र २०७८, सोमबार २१:२७ मा प्रकाशित (२ साल अघि) ६३६ पाठक संख्या

७ चैत, काठमाडौं । गोकर्णेश्वर वडा नं.८ मा नेपाली कांग्रेसको आरुबारी-डाँडागाउँ-ढुङ्गेधारा टोल कमिटी गठन भएको छ । राजेश दाहालको सभापतित्वमा ३३ सदस्यीय टोल कमिटी गठन भएको हो । नेपाली कांग्रेसको विधान बमोजिम काठमाडौं जिल्ला क्षेत्र नं. ३ प्रदेश “ख“ गोकर्णेश्वर नगरपालिका वडा ८ मा आरुबारी-डाँडागाउँ-ढुङ्गेधारा टोल कमिटी गठन भएको हो ।

कार्यक्रम नेपाली काङ्ग्रेस गोकर्णेश्वर नगरपालिका ८ इकाई समितिका अध्यक्ष लक्ष्यमण चौलागाईंको सभापतित्व तथा नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला क्षेत्र नं. ३ प्रदेश “ख“ का क्षेत्रीय सभापति विमल ठकुरीको प्रमुख अतिथित्यतामा भएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगानाको विशेष आतिथ्यता तथा नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला समिति सदस्य भावना ठकुरी, गोनपा ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यसैगरी, टोल कमिटी गठन कार्यक्रममा इकाई उपसभापति निलकण्ठ खतिवडा, सचिव दिनेश राई, सचिव हरी श्रेष्ठ, सहसचिव ज्योति खरेल लगायत कांग्रेसका क्रियाशिल शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।