आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

भोली बिहान गोकर्णेश्वर ८ मा कांग्रेसको ढुङ्गेधारा टोल कमिटी गठन हुने

गोकर्णेश्वर खबर६ चैत्र २०७८, आईतवार २१:५५ मा प्रकाशित (२ साल अघि) ९०९ पाठक संख्या

६ चैत, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ईकाईले ढुङ्गेधारा टोल कमिटी गठन गर्ने भएको छ । सोमबार बिहान आरुबारी डाँडागाउँ ढुङ्गेधारामा कांग्रेसको टोल कमिटी गठन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय चुनावलाई लक्षित गर्दै देशव्यापि घर-घर जाउ, काँग्रेस जिताउ अभियान अन्तर्गत  टोल कमिटी गठन हुन लागेको गोकर्णेश्वर वडा नं. ८ इकाई सभापति लक्ष्मण चौंलागाईले बताए  । चौंलागाईले टोल कमिटी गठन कार्यक्रममा सहभागि हुन नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, क्रियाशिल, शुभचिन्तक सबैमा आग्रह समेत गरेका छन् ।

कार्यक्रम सोमबार बिहान साढे सात बजे गोकर्णेश्वर वडा नं. ८ नागेश्वरचोक, डाँडागाउँमा हुनेछ ।