आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

स्थानीय तहको निर्वाचन तोकिएको मितिमा नै हुने

गोकर्णेश्वर खबर३ चैत्र २०७८, बिहीबार १६:४६ मा प्रकाशित (२ साल अघि) ४२३ पाठक संख्या

३ चैत, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताएका छन् । भारत सरकारको आर्थिक अनुदानमा भोजपुर जिल्लाको षडानन्द नगरपालिका ७ दिंग्लामा निर्माण भएको महात्मा गान्धी अस्पताल भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

मन्त्री कार्कीले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित भए पछि यसले नेपालको अन्तराष्ट्रय सम्बन्ध थप विस्तारित भएको दावी गरे ।

त्यस्तै षडानन्द नगरपालिका सगैँ समग्र जिल्लालाई केन्द्रीय विद्युतीकरण काम पनि आफनो पालामा भएको बताउँदै देशमा अहिले गरिबीको अन्त्य गर्नु पहिलो प्राथमिकता रहेको बताए ।

मन्त्री कार्कीले भारतले नेपालको विकास, निमार्ण र उन्नतिका लागि सहयोग गर्दै आएको उल्लेख गर्दै त्यसका लागि भारतको महत्वपूर्ण भूमिका रहने समते मन्त्री कार्कीले बताए ।