आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

धुलिखेल नगरपालिकाका वडा अध्यक्ष जङ्गम नेपाली कांग्रेसमा प्रवेश

गोकर्णेश्वर खबर२ चैत्र २०७८, बुधबार २०:५४ मा प्रकाशित (२ साल अघि) २२४ पाठक संख्या

२ चैत, काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गम नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनले नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् ।

एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार नेपाली काँग्रेस केन्द्रिय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।

उनलाई कांग्रेस नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य लामा, काभ्रे कांग्रेसका जिल्ला सभापति तिर्थ लामा लगाएतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।