आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

गरीव परिवार पहिचानका क्रममा वास्तविक तथ्यांक संकलन गर्न मेयर चालिसेको आग्रह

गोकर्णेश्वर खबर२ चैत्र २०७८, बुधबार २०:१६ मा प्रकाशित (२ साल अघि) २३८ पाठक संख्या

२ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरीव परिवार पहिचान तथा परिचयपत्र वितरण सम्वन्धि सुपरिवेक्षक तथा गणकलाई गोकर्णेश्वर नगरपालिकामा वास्तविक तथ्यांक संकलन गर्न आग्रह गरेका छन् ।

आज गोकर्णेश्वर नगरपालिकाको सभाहलमा आयोजित गरीव परिवार पहिचान तथा परिचयपत्र वितरण सम्वन्धि सुपरिवेक्षक तथा गणक प्रशिक्षण तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै चालिसेले सो बताएका हुन् । उनले गरीव परिवार पहिचानको विषय संवेदनशील भएकोले वास्तविक गरीवलाई गणनामा नछुटाउन र भावनामा बगेर गलत व्यक्तिलाई गरीवको रुपमा गणना नगर्न समेत आग्रह गरे ।

वास्तविक गरीव परिवार पहिचान पछि गरीवी निवारणका लागि संघीय सरकार र स्थानीय सरकारले प्रभावकारी काम गर्न सक्ने भएकोले तथ्यांक संकलनमा संवेदनशील हुन गणक र सुपेरीवेक्षकहरुलाई सचेत गराउँदै भनें तपाईहरुले कोही गरीव नछुटुन् भन्ने विषयलाई विशेष रुपमा ध्यानदिनु होला ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका सदस्य सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, प्रशासन योजना शाखा प्रमुख टंकनाथ घिमिरे लगायतको उपस्थिती रहेको थियो ।