आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

आज १७ दलसँग छलफल गर्दै निर्वाचन आयोग

गोकर्णेश्वर खबर२७ फाल्गुन २०७८, शुक्रबार ०८:०२ मा प्रकाशित (२ साल अघि) ५३९ पाठक संख्या

२७ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ । आज बिहान साढे ११ बजे छलफल हुनेछ ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।