आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सार्वजनिक

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७८, बुधबार १९:२३ मा प्रकाशित (२ साल अघि) ४४१ पाठक संख्या

२५ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले फागुन २९ देखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानबारे योजना सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं ‘ अभियानबारे जानकारी गराएका हुन् ।

प्रवक्ता महतका अनुसार फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला–जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताए ।

पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहभागी थिए । बुधबार बिहान देउवाको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने भनिए पनि पत्रकार सम्मेलनमा देउवा यपस्थित थिएनन् ।