आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी काम गर्न देउवाको निर्देशन

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७८, बुधबार ०८:३२ मा प्रकाशित (२ साल अघि) ४०० पाठक संख्या

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्षनेता र केन्द्रीय सदस्यको बैठकमा उहाँले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै काँग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गर्नुभएको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए । काँग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बैठकमा नेता महरले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र काँग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए ।