आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

ठूला देशले साना देशलाई थियोमिचो गर्न पाउँदैन : मेयर चालिसे

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७८, बुधबार ०८:२७ मा प्रकाशित (२ साल अघि) ३०६ पाठक संख्या

२५ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका  मेयर सन्तोष चालिसेले विश्वका ठूला देशले सानालाई थियोमिचो गरेकोमा बोल्नु पर्ने बताएका छन् । उनले रुसले युक्रेन माथि आक्रमण गरेको विषयमा नेपालले आफ्नो धारणा राख्नु राम्रो कुरा भएको बताए । ठूला देसको बलमिच्चाई सहने प्रवृत्तिले नेपालको हित नगर्ने उनले बताए ।

नेपाल देश सानो भएको र विश्वका दुई ठूला देशको बिचमा रहेको नेपालले रुस जस्तो शक्तिशालि र ठूलो देशले गरेको अन्यायपूर्ण युद्धको विषयमा नबोल्ने हो भनें नेपाललाई अन्याय, थियोमिचो हुँदा बोल्ने मित्रहरु नहुने उनले बताए ।

मंगलबार अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गोकर्णेश्वर वडा नं. ९ मा आयोजित एक कार्यक्रममा मेयर चालिसेले सो धारणा राखेका हुन् ।