आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजे बस्ने

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७८, आईतवार १२:२६ मा प्रकाशित (२ साल अघि) २४१ पाठक संख्या

२२ फागुन, काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे सम्मका लागि सरेको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने बैठकले पदाधिकारी चयन गर्ने नेताहरू बताउँछन् । पदाधिकारी चयनको गृहकार्यका लागि बैठक सारिएको नेताहरूको भनाइ छ ।

गएको शुक्रबार सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए ।

गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । २३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।