आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा दोर्जे लामाले उम्मेदवारी दिने

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७८, आईतवार ०९:३४ मा प्रकाशित (२ साल अघि) ६९९ पाठक संख्या

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा दोर्जे लामाले उम्मेदवारी दिने भएका छन् । नेपाल तरुणदल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि समेत रहेका दोर्जे लामाले जिल्ला सभापतिमा उम्मेदवारी दिनेभएका हुन् । नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औं जिल्ला अधिवेशन यही फाल्गुन २७ र २८ गते हुन गईरहेको छ ।

दोर्जे लामा सिन्धुपाल्चोक जिल्लामा राजनीतिका साथै सामाजिक कार्यमा समेत क्रियाशिल हुँदै आईरहेका छन् । लामा तरूण दललाई जिल्लामा उत्कृष्ट नेतृत्व दिन सफल भएका प्रभावशाली युवा नेताका रुपमा समेत परिचित छन् ।

लामाले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर आगामी चुनावमा युवालाई परिचालन गर्दै तीनै तहको चुनावमा पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने उदेश्य बोकेर जिल्ला सभापतिमा उम्मेदवारी दिएको गोकर्णेश्वर खबरलाई बताए ।