आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं उपत्यकामा कस–कसलाई जोर–बिजोर लाग्दैन ? (सूचीसहित)

गोकर्णेश्वर खबर७ माघ २०७८, शुक्रबार १४:४६ मा प्रकाशित (२ साल अघि) १६२ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेपछि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको बेला त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउने भन्दै काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेको हो ।

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी सञ्चालनबारे थप स्पष्ट पार्दै प्रशासनले जोर बिजोर लागू नहुने सवारी साधनबारे प्रष्ट्याएको छ ।

जोर बिजोर प्रणाली लागू नहुने गरी सञ्चालन गर्न पाइने सवारी साधनहरुको प्रशासनले स्पष्ट जानकारी दिएको छ ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन ९चालक र सहचालक मात्र० सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र)सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन ९चालक र सहचालक मात्र० लाई जोर बिजोर लाग्ने छैन ।

परिचयका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन ।

सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास–परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा पनि यो प्रणाली लागू हुने छैन ।