आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

रौतहटमा जन्ती बोकेको कार दुर्घटना : ६ जनाको मृत्यु

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार २०:२४ मा प्रकाशित (२ साल अघि) ३४६ पाठक संख्या

रौतहट । रौतहटमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका शेख अवलेसको शुकदेव चौकस्थित शिवदर्शन अस्पताल उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ६ पुगेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा चार जनाको घटनास्थलमै र घाइते २२ वर्षीय शेख अरसको उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय कार गरुडामा दुर्घटना हुँदा गढिमाइ नगरपालिका–३ का १६ वर्षीय शेख नैवसाद, २२ वर्षीय शेख सैनुल्हा, ५५ वर्षीय मोसाफिर अन्सारी र २५ वर्षी शेख छोटुको घटनास्थलमै मृत्यु भएको थियो ।

जन्ती बोकेको उक्त जिपमा नौ जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका दुईजनाको स्थानीय ग्राण्डीमा उपचार भइरहेको र एकजनाको वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए ।