आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

माओवादीको महाधिवेशन: भोलि १ बजेदेखि बन्दसत्र

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार १६:२९ मा प्रकाशित (२ साल अघि) ३३२ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ ।

मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल जारी छ । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ ।

बुधबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।