आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काँग्रेसको निर्वाचन हुन बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ गते

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार २१:१५ मा प्रकाशित (२ साल अघि) ३११ पाठक संख्या

१२ पुष, काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन हुन बाँकी १६ जिल्लाको निर्वाचन पुस २७ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको हो । विवादका कारण यी जिल्लाको अधिवेशन पटकपटक सर्दै आएको छ ।