आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

दाहालले भनें ‘प्रचण्डपथलाई हठात् स्थगित गर्नु गल्ति थियो’

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार १७:३२ मा प्रकाशित (२ साल अघि) १६० पाठक संख्या

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी शान्ति प्रक्रियामा आएपछि प्रचण्डपथलाई हठात् स्थगित गरेर गल्ति गरेको बताएका छन् ।

उनले सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै आफ्नो राजनीतिक निर्णयहरुको आत्मसमीक्षा गर्दै प्रचण्डपथलाई हठात् स्थगित गरेर आफूले गल्ति गरेको बताएका हुन् ।

प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफूले ३ वटा गल्ति गरेको स्विकार गरे । उनले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् ।

त्यसैगरी प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती स्वीकारेका छन् । उनले केन्द्रीय समितिको म्याण्डेट नलिई आफूले व्यक्तिगत रुपमा निर्णय गरेकोले त्यो पनि गल्ति भएको भनेका छन् ।

प्रचण्डले प्रचण्डपथको बारेमा पार्टीको कुनै तहमा छलफल नगरि स्थगित गरेकोले त्यो पनि गल्ति भएको बताएका छन् । उनले स्थगन अघि पार्टीमा आधिकारिक छलफल गर्नुपथ्र्यो तर त्यसो नगरेकोले गल्ति भएको समेत बताए ।