आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

बागमतीमा १८ सदस्यीय मन्त्रिमण्डल ,नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

गोकर्णेश्वर खबर९ पुष २०७८, शुक्रबार २०:३१ मा प्रकाशित (२ साल अघि) ६३ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरेका छन्। शुक्रबार उनले तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सपथ ग्रहण गरेका थिए भने राज्यमन्त्रीहरूलाई मुख्यमन्त्रीले सपथ गराएका थिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन्।

सन्तबहादुर प्रजा, रजनी अमात्य जोन्छे र कल्पना नेपाली राज्यमन्त्री नियुक्त भएका छन्।

प्रजालाई भौतिक विकास पूर्वाधार राज्यमन्त्री बनाइएको छ। जोन्छेलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र नेपालीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

योसँगै अब बागमती प्रदेशमा १८ सदस्यीय मन्त्रिमण्डल बनेको छ।