आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

स्थानीय तहको चुनाव वैशाख १४ मा गर्न निर्वाचन आयोगको प्रस्ताव

गोकर्णेश्वर खबर९ पुष २०७८, शुक्रबार २०:२१ मा प्रकाशित (२ साल अघि) १०५ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न प्रस्ताव गरेको छ।

शुक्रबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन्। आयोगले एकै पटकमा निर्वाचन गर्न नसके दुई चरणमा गर्न प्रस्ताव राखेको छ।

आयोगले पहिलो चरणको वैशाख १४ र दोस्रो चरण वैशाख २२ गते गर्न प्रस्ताव गरेको हो।

भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, मतदाता नामावली संकलन विशेष कार्यक्रम, स्थानीय तहको निर्वाचन, निर्वाचन सुरक्षा व्यवस्था तथा निर्वाचन खर्च लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए।

यस्तै, उनले राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५ मतदाता रहेको आयोगले जनाएको छ।

मतदानको लागि ८ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।

आयोगले निर्वाचनको लागि पुस १० गतेसम्ममा राजनीतिक दल दर्ताको लागि निवेदन दर्ता गर्न आह्वान पनि गरेको छ।

पुस २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम रहेको र यसपछि निर्वाचन आचार संहिता लागु हुनेछ।

आयोगका अनुसार मतदाता नामावली संकलन कार्यक्रमबाट पुस ९ गते सम्ममा थप ५ लाख ७७ हजार ६६९ मतदाता दर्ता भएका छन्। साथै यस अवधिमा बाहिरी जिल्ला दर्ता कार्यक्रमबाट १९ हजार ५४ मतदाता दर्ता भएका छन्।