आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

प्रदेश २ को नामकरणका लागि पाँच प्रस्तावित नाम

गोकर्णेश्वर खबर८ पुष २०७८, बिहीबार २०:३० मा प्रकाशित (२ साल अघि) १५० पाठक संख्या

८ पुष, काठमाडौं । प्रदेश २ को नामकरणका लागि पाँच नाम प्रस्ताव भएका छन् । प्रदेश सभा बैठकमा प्रदेश २ को नाम मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा र मध्यमधेस प्रदेश प्रस्ताव गरिएको छ ।

बिहीबार प्रदेश सभाको ८ औं अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश नाम प्रस्ताव गरेका छन् ।

यसैगरी, नेकपा एमालेले प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने भएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने तयारी गरेकी एमाले सांसद शारदा थापा अनुपस्थित भएपछि प्रदेश सभाका कार्यसूचीबाट नेकपा एमालेको प्रदेशको नाम प्रस्ताव हटाइएको थियो ।

नेकपा (एस)ले प्रदेशको नाम जानकी र नेपाली कांग्रेसले मिथिला-भोजपुरा राख्न प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस पर्साका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेस नाम प्रस्ताव गरेका छन् ।

प्रदेश २ को नामकरण, कसको प्रस्ताव के ?

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रदेशको नाम ‘मधेस प्रदेश’
नेपाली कांग्रेसको प्रस्ताव ‘मिथिला-भोजपुरा’
एमालेको प्रस्ताव ‘जनक’
नेकपा (एस)को प्रस्ताव ‘जानकी’
नेपाली कांग्रेस पर्साका सांसद राजेश्वर प्रसाद साहको प्रस्ताव ‘मध्यमधेस’