आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

कांग्रेसको प्रदेश २ को अधिवेशनमा चुनाव सार्ने विषयमा कुटाकुट

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार १९:२९ मा प्रकाशित (२ साल अघि) १८२ पाठक संख्या

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनमा मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

दुई पक्षबीच कुटाकुट भएपछि बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ । अब बिहीबार विहान ८ बजेदेखि मतदान हुने छ ।