आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

पूर्वमन्त्री अम्बिका बस्नेतसहित ९ जना कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यमा निर्वाचित

गोकर्णेश्वर खबर५ पुष २०७८, सोमबार २१:५२ मा प्रकाशित (२ साल अघि) ३६९ पाठक संख्या

५ पुष, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला महिला केन्द्रीय सदस्यतर्फ नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्वमन्त्री अम्बिका बस्नेतसहित ९ जना निर्वाचित भएका छन् ।

सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. डिला संग्रौला पन्तले सर्वाधिक मत ल्याएकी छन् । उनले २ हजार ८ सय ८५ मत ल्याइन् ।

दोस्रो स्थानमा रहेकी कांग्रेस सचेतक पुष्पा भुसालले २ हजा ७ सय १८ मत पाइन् । तेस्रो स्थानमा सभापति देउवाकी पत्नी डा. आरजु राणा परिन् । उनले २ हजार ५ सय ३६ मत ल्याइन् ।

त्यसैगरी, नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्वमन्त्री अम्बिका बस्नेत २ हजार ३ सय ३९ मत सहित चौथो स्थानमा निर्वाचित भएकी छन् ।

इश्वरी न्यौपाने २२ सय ५९ मतसहित पाँचौंं, सरिता प्रसाई २ हजार ९६ मतसहित छैटौं, रमा कोइराला पौडेल १८ सय ५८ मतसहित सातौं, शुशीला ढकाल आचार्य १८ सय ४ मतसहित आठौं तथा रंगमती शाही १७ सय ८९ मतसहित नवौं भइन् ।

निर्वाचित नौ जनामध्ये सरिता प्रसाईँ शेखर पक्षकी हुन् भने अरु सबै देउवा पक्षका हुन् । ९ जना निर्वाचित हुने खुला महिला केन्द्रीय सदस्यतर्फ ३० जना उम्मेदवार रहेका थिए ।