आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

माकलबारीमा अध्याय बहुउदेश्यीय सहकारी संस्था उद्घाटन

गोकर्णेश्वर खबर४ भाद्र २०७८, शुक्रबार १८:१९ मा प्रकाशित (२ साल अघि) १२६२ पाठक संख्या

भदौ ४, काठमाडौं । अध्याय बहुउदेश्यीय सहकारी संस्थाको उद्घाटन भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ माकलकारीमा आज वडा अध्यक्ष मनोज कुमार ढुंगानाले सहकारीको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढुंगानाले सहकारीको सफलताको कामना गर्दै स्वरोजगार प्रवद्धर्नमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

“उज्वल भविष्यको पहिलो कदम–बचत” भन्ने नाराका साथ सहकारीलाई स्थानीय क्षेत्रको आर्थिक विकास, सदस्यहरुको आय वृद्धि र स्वरोजगार प्रवद्धर्न गर्ने उदेश्य लिएर स्थापना गरिएको सहकारीका अध्यक्ष विपना खड्काले बताईन् ।

सहकारीका सचिव तथा कार्यकारी निर्देशक सरेश ढुंगानाले भने – ‘हामी सहकारी मार्फत सामाजको आर्थिक, सामाजिक विकासमा सबैसँग हातेमालो गरेर अगाडी बढ्ने छौं ।’ काठमाडौं उपत्यकाका तीन वटै जिल्लालाई समेटेर कार्य गर्ने बताउँदै ढुंगानाले चाबहिलमा छिट्टै शाखा खोल्ने समेत बताए ।

अध्याय सहकारीले सामुहिक जमानी कर्ता, सहुलियत कर्जा, महिला उद्यमी कर्जा, उद्यमशील लघुकर्जा, सवारीसाधन कर्जा, आवधिक धितो बचत कर्जा, घर तथा धितो कर्जा आदी कर्जा सुविधा दिने बताईएको छ । यस सहकारीमा निःशुल्क रुपमा खाता खोल्ने सुविधा रहेको छ भनें गृहिणी बचतमा ७ प्रतिशत ब्याज पाईने छ ।

 

अध्याय बहुउदेश्यीय सहकारी संस्था लि.को उद्घाटन प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले रिबन काटेर, दीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा मुक्तिनाथ महिला समुहका अध्यक्ष विमला श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख बबिता पौडेल, वित्तिय बहुउदेश्यीय सहकारी ललितपुरका कार्यकारी निर्देशक समिरजंग खड्का लगायत स्थानीय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

यसैगरी, सहकारीको अध्यक्षमा विपना खड्का रहेकी छिन् भनें उपाध्यक्ष नवराज ढकाल, सचिव सरेश ढुंगाना र कोषाध्यक्षमा गंगा रायमाझी रहेका छन् ।