आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

आज थप ३,२७४ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्‍यु

गोकर्णेश्वर खबर१ भाद्र २०७८, मंगलवार १८:२५ मा प्रकाशित (२ साल अघि) २३१ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ भने ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९० जना आईसीयू र १९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।